फैसला नआउञ्जेल विरोध कार्यक्रम जारी रहन्छः रघुजी पन्त
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद विघटनको कदम सर्वोच्च अदालतबाट सच्याउनुपर्ने बताएका छन् । नेपाल दलित मुक्ति सङ्गठनले प्रतिनिधिसभा विघटनको विरोधमा सोमबार काठमाडौंमा आयोजना गरेको विरोध र्यालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पन्तले असंवैधानिक रुपमा भएको संसद विघटन सर्वोच्च अदालतको फैसलाद्वारा सच्चिन सम्भव भएको बताएका हुन् । सर्वोच्च अदालतले कसैको जुलुस हेरेर नभई नेपालको संविधान हेरेर फैसला गरी संसद पुनःस्थापना गर्नेमा विश्वास रहेको बताए । जनतालाई जागरुक बनाउन र संसद पुनःस्थापनाको पक्षमा जनमत बनाउन निरन्तर विरोध प्रदर्शन भइरहेको र सर्वोच्चको फैसला नआउञ्जेल सम्मलाई विरोधको कार्यक्रम जारी रहने पनि पन्तले बताए ।
माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको र्यालीमा प्रदर्शनकारीहरूले संसद पुनःस्थापनाको माग गर्दै नाराबाजी समेत गरेका थिए । नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिका संयोजक दलजित श्रीपाइलीले संसद विघटन गरी प्रधानमन्त्री ओलीले देशमा अस्थिरता पैदा गरेको बताए । संविधान, गणतन्त्र, संघीयता, धर्म निरपेक्षतामाथि ‘कु’ भएको भन्दै संयोजक श्रीपाइलीले संविधानमा भएका दलितका अधिकारहरु समेत खोसिएको अनुभूति भएकाले संसद पुनःस्थापनाको पक्षमा आन्दोलन गर्नुपरेको बताए ।
प्रदर्शनकारीहरुले दलित भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संवैधानिक हक सुनिश्चित गरौं, समानुपातिक समावेशीकरण तथा धर्म निरपेक्षताको रक्षा गरौँ, सामाजिक न्याय सहितको समृद्धिको आधार निर्माण गरौं, प्रतिनिधिसभाको पुनःस्थापना गरी संविधानको रक्षा गरौं लगायतका प्लेकार्डको प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण