५२ वर्षमा पनि सुपरफिट छिन् भाग्यश्री, हेर्नुहोस् वर्कआउट भिडियो
सन् १९८९ मा रिलिज भएको फिल्म मेने प्यार कियाले दर्शकको सामू एउटी सुन्दर अभिनेत्री भाग्यश्रीलाई पेश गर्यो । यो फिल्ममार्फत् उनले बलिउडमा कदम राखिन् र रातारात स्टार बनिन् । पहिलो फिल्मकमा लागि उनले बेस्ट फिमेल डेब्यूको फिल्मफेयर अवार्ड पाइन् । आज २३ फेब्रुअरीमा भाग्यश्रीले आफ्नो ५२ औं जन्मदिन मनाइरहेकी छिन् । यो उमेरमा पनि भाग्यश्रीको सुन्दरता र फिटनेस आज पनि त्यस्तै छ जुन ३२ वर्ष अघि थियो ।
भाग्यश्री सोसल मिडियामा आफ्नो फिटनेस भिडियो सेयर गरिरहन्छिन् । यसमा नायिकालाई हेरेपछि उनी ५२ वर्ष पुगिसकिन् भनेर पत्याउन गाह्रो छ । भाग्यश्रीको वर्कआउट भिडियामा विभिन्न प्रकारको वर्कआउट समावेश हुन्छन् ।
यसबाहेक भाग्यश्री योग र डेडिकेटेड जिम र्याट स्ट्यामिना बिल्डिङ व्यायाम पनि गर्छिन् । उनको यो फिटनेस रुटिनमा श्रीमान् हिमालय दस्सानी पनि बराबर भाग लिन्छन् ।
भाग्यश्रीले यस्ता भिडियो पनि सेयर गरेकी छिन् जसमा उनी हिमालय दस्सानीसँग निकै गाह्रो व्यायाम गरिरहेको पनि देखिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण