धनुषाबाट एक भारतीयसहित २ हुण्डी कारोबारी पक्राउ
मङ्गलबार, ११ फागुन २०७७, १७ : ४४
जनकपुर । धनुषाबाट लाखौं रकमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको नगराईन नगरपालिकास्थित जटही नाका हुँदै भारततर्फ साढे २५ लाख रुपैयाँसहित २ जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीका टेन्ट व्यवसायी सञ्जय साह र भारत पिपरौनका सुमित यादव रहेको धनुषा प्रहरीले जनाएको छ ।
जटही नाकाबाट साढे २५ लाख रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा भारततर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको रानाभाटले बताए ।
भारतीय नम्बर प्लेटको मोटरसाईकलबाट भारततर्फ जाँदै गरेको अवस्थामा सो रकमसहित पक्राउ गरि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको रानाभाटले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण