बर्थ डेमा ओलीको ‘ब्याड लक’, प्रचण्डले दिए बधाई
काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औं जन्मदिन । ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै उनले संसद् पुनःस्थापना हुने विश्वास आफुलाई नलागेको बताएका थिए । तर, फैसला फरक आयो । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद् विघटन गर्ने ओलीको कदमलाई सर्वसम्मतिले बदर गरिदिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासमा प्रधानन्यायाधीश, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी थिए । फैसला सुनाउँदै प्रधान न्यायाधीश जबराले संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए । १३ दिनभित्र संसद्को बैठक बोलाउन पनि अदालतले आदेश दिएको छ ।
गणतन्त्रको पक्षमा फैसला आयो– प्रचण्ड
नेकपाका अध्यक्ष प्रचण्डले गणतन्त्रवादी, लोकतन्त्रवादी र संविधान पक्षधर आम जनताका पक्षमा फैसला आएको प्रतिक्रिया दिएका छन् । ‘यो गणतन्त्रवादी, लोकतन्त्रवादी र संविधामन पक्षधर आम जनताका पक्षमा आएको फैसला हो । नेपाली जनतालाई बधाई,’ रातोपाटीसँग उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण