सर्वोच्च फैसलापछि ओलीको पहिलो कदम, पत्नीको पुस्तक सार्वजनिक
मङ्गलबार, ११ फागुन २०७७, १९ : १९
काठमाडौं । संसद् पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओलीले अब के गर्लान् ? यसबारे सबैलाई चासो छ । मंगलबार ७० औं जन्मदिन मनाएका ओलीले अदालतको फैसलापछि पनि आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरुलाई भने निरन्तरता दिएका छन् । अदालतको फैसलापछि ओलीले मंगलबार ‘मेरा अनुभूतिहरु’ नामक पुस्तक विमोचन गरे । यो पुस्तक प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले लेखेकी हुन् ।
बालुवाटार स्रोतले ओलीलाई जन्मदिनको शुभकामना दिने तथा पुस्तक विमोचन गर्ने कार्यक्रम पहिल्यै तय गरिएको र अदालतको फैसलाले त्यसमा प्रभाव नपारेको जनाएको छ । यद्यपी, बालुवाटार निकटकै एक व्यक्तिले अदालतको फैसलापछि ओलीले आगामी कदमबारे छलफलका लागि आफु निकटस्थहरुलाई बालुवाटार बोलाएका जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण