प्रचण्ड-माधव पक्षले गर्यो सर्वोच्चको फैसलालाई स्वागत
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन् । विज्ञप्तिमा उनले सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसात गरी तदनुरुप संविधानसम्मत फैसला गरेर प्रतिनिधिसभालाई मात्र बचाएको नभई संविधान र लोकतन्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छः ‘यो फैसलाले संविधानलाई लिकमा ल्याएको छ र देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अँध्यारो सुरुङमा धकेल्न चाहने सत्ता लोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षडयन्त्रलाई असफल बनाइदिएको छ । यो नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय हो ।’ विज्ञप्तिमा अदालतको यो निर्णयले फेरि एकपटक नेपालको अदालत सबै प्रकारका धम्की र दबाबहरुबाट मुक्त भई स्वतन्त्र ढंगबाट निर्णय गर्न सक्षम छ भन्ने पुष्टि भएको दाबी गर्दै पार्टीले यसको उच्च मूल्यांकन गर्दछ भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण