उद्योगी व्यवसायीले मन्त्रीलाई भेटेर भने-‘बजारमा दक्ष जनशक्ति पाउन गाह्रो भो’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका पदाधिकारीहरुले बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई भेट गरि श्रमिकको समस्या राखेका छन् । समितिका सभापति हेमराज ढकालसहित गएको टोलीले मन्त्री चौधरीलाई भेटी श्रम बजारमा दक्ष तथा सीपयुक्त जनशक्तिको अभाव हुँदै गएको भन्दै सोको परिपूर्तिका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
भेटका क्रममा उद्योगी व्यवसायीहरुले दक्ष जनशक्ति उत्पादनका लागि सरकार र नीजि क्षेत्रको सहकार्यमा सीपमूलक तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । हालसम्म सीपमूलक तालिमका लागि थुप्रै संस्थाहरुले तालिम दिने र ठूलो रकम खर्च गर्ने गरेपनि बजारमा नीजि क्षेत्रको माग र आवश्यकताअनुसार दक्ष एवम् सीपयुक्त जनशक्ति सिर्जना हुन कठिन भएको भन्दै व्यवसायीहरुले अब सरकारसँग मिलेर आफुहरु दक्ष जनशक्ति उत्पादनमा लाग्न चाहेको बताए ।
मन्त्रीसँग समस्या राख्दै समितिका सभापति ढकालले एकातिर मुलुकभित्र सञ्चालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै दक्षता सीपको युवाहरु न्यूनतम पारिश्रमिकमै विदेशिन बाध्य भएको भन्दै यस्तो समस्या समाधानका लागि पनि सरकारले सीपमुलक तालिम सञ्चालन गर्नुपर्ने बताए ।
सो अवसरमा मन्त्री चौधरीले व्यवसायीहरुलाई प्रतिउत्तर दिँदै सरकार नीजि व्यवसायीहरूसँग मिलेर काम गर्न तयार रहेको र सुझावअनुसार आफु अघि बढ्ने समेत धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण