२१ फागुनबाट ‘कमेडी च्याम्पियन सिजन– २’
काठमाडौँ । ‘कमेडी च्याम्पियन सिजन– २’ फागुन २१ देखि प्रसारणमा आउने भएको छ । बुधबार काठमाडौं आयोजित एक कार्यक्रमका बीच शोको औपचारिक घोषणा गरिएको हो । शो कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो । शोका निर्देशक विशाल भण्डारी गत वर्ष आर्थिक समस्याका कारण सोचेको जस्तो शोमा गर्न नसकिएकोले यो सिजन भव्य बनाउने बताए ।
कान्तिपुर टिभीका दिनेश डिसीले कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित भएको बताए । उनले आगामी ५ वर्षका लागि शो टिभीले लिएको जानकारी दिए । ‘कमेडी च्याम्पियन–२’ का लागि देश तथा विदेशबाट ६ हजारभन्दा बढि डिजिटल अडिसन प्राप्त भएको थियो । ६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरियो । जसबाट उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन् ।
कमेडी च्याम्पियनका निर्णायकहरुमा गत वर्षकै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निरन्तरता पाएका छन् । रीमा विश्वकर्मा उद्घोषक रहेको शोको निर्मातामा अभिनेत्री केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखसहित संसदीय टोलीद्वारा टीकापुर पार्क अवलोकन
-
विश्वकपअघि बेल्जियमको शानदार जित
-
अन्तिम विश्वकपका लागि मेस्सीले सार्वजनिक गरे विशेष बुट ‘द लास्ट ट्याङ्गो’
-
फुल्चोकीको जंगलमा अलपत्र परेका दुई विद्यार्थीसहित चार जनाको सकुशल उद्धार
-
‘दिल्लीझैँ हिम्मत र सही व्यवस्थापन गरे काठमाडौँमा मेट्रो रेल असम्भव छैन’
-
‘मैले जे–जति गरे, राष्ट्र हितकै लागि गरेँ’ : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण