सेयर बजारमा भारी गिरावट, सबै समूह ओरालो लाग्यो
बिहीबार, १३ फागुन २०७७, १५ : ३३
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहिबार) नेप्से परिसूचकमा भारी गिरावट आएको छ । बजार ४४.९४ अंकले घट्दा कारोबार पनि अन्य दिनको तुलनामा न्यून भएको छ । ६ अर्ब ९ करोड बढीको सेयर खरिद बिक्री भएको छ । बजार २५५४.१३ विन्दुमा अडिएको छ । कारोबारमा आएका सबै समूह ओरालो लागेको छ । जीवन वीमातर्फ सबैभन्दा बढी गिरावट छ ।
घटेको बजारमा सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । बैंकको आज ९० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको हो । आज यसको सेयर मूल्य भने ५ सय ४३ रुपैयाँ रहेको छ । दोस्रो बढी कारोबार हुनेमा नबिल बैंक रहेको छ । आज सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९.९१ प्रतिशतले सेयर मूल्यमा बृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण