सरकार विचलित हुँदैन: मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक परिस्थितिले सरकार विचलित नहुने बताएका छन् । शुक्रबार नेपालको राष्ट्रियगानका संगीतकार वरिष्ठ कला साधक अम्बर गुरुङको ८३ औँ जन्मजयन्ती समारोहमा बोल्दै मन्त्री गुरुङले वर्तमान राजनीतिक उतारचढावका कारण सरकार विचलित नहुने बताएका हुन् । राष्ट्र र राष्ट्रियताको निम्ति सरकारले अविचलित रुपमा काम गर्ने उनको भनाई छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले नै मुलुकलाई सही दिशा र सही गन्तव्य दिने दाबी गरे । उनले भने– ‘अहिलेको राजनीतिबाट मुलुकलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय दृष्टिकोण बोकेको नेपाल सरकार कतै विचलित हुनेछैन । सरकारले अविचलित रुपमा नेपाल राष्ट्रको निम्ति, राष्ट्रियताको निम्ति सदा सदा काम गर्छ । केपी शर्मा ओली नेतृत्वको सरकारले नै यो मुलुकलाई सही दिशा र सही गन्तव्यमा पुर्याउनेछ भन्नेमा म विश्वास दिलाउन चाहान्छु ।’
मन्त्री गुरुङले संगीतकार अम्बर गुरुङको सांगीतिक क्षेत्र र राष्ट्रिय भावना प्रति ओतप्रोत भएको कलाकारिताबाट सबैले राष्ट्रभक्ति प्रेरणा लिएर अगाडि बढे उहाँप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने बताए । नेपाललाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन संगीतकार गुरुङको योगदान रहेको भन्दै उनले संगीतकार गुरुङप्रति सम्मान व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण