अभिनेता पल शाह र प्रधानबीच सहमति
काठमाडौँ । अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधान बीचको विवाद सहमतिमा टुंगिएको छ । इलाका प्रहरी कार्यलय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले विवाद छलफलबाट मिलेको जानकारी दिए । दुबै पक्षले आफ्नो पक्षबाट भएको गल्ती स्वीकार गर्दै माफी मागेपछि विवाद मिलेको बस्नेतको भनाई छ ।
विवाद मिलेपछि पल र अरुणले हात मिलाएर प्रहरी कार्यलयबाट हाँस्दै बाहिरिएका थिए । एक म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोशीले आफूमाथि आक्रमण गरेको आरोप लगाउँदै पल बिरुद्ध प्रधानले इलाका प्रहरी कार्यालय धरानमा केही दिन अगाडि उजूरी दर्ता गराएका थिए ।
शुक्रबार बिहान पनि प्रधानले आफूसँग पलले निखित माफी माग्नुपर्ने भन्दै एक विज्ञप्ति समेत जारी गरेका थिए । विज्ञप्तिमा प्रधानले पलले आफुसँग माफी नमागे प्रदेश नम्बर १ भर उनको फिल्म चल्न नदिने चेतावनी समेत दिएका थिए । पल म्युजिक भिडियो सुटिङका लागि केही दिन अगाडि धरान पुगेका थिए । भिडियोको सुटिङ भने बिहिबार सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण