दुई पटक शल्यक्रिया गरिएकी सुत्केरीको मृत्यु
आइतबार, १६ फागुन २०७७, १२ : ०५
प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटो मै मृत्यु भएको प्यूठान अस्पतालका निमित्त प्रमुख खिम पार्धेले जानकारी दिए ।
ती महिलाको गत बिहीबार शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार साँझ पुनःशल्यक्रिया गरिएको थियो ।
उनीको शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बिहान २ बजे बुटवल पठाइए पनि भालुवाङ पुग्दा मृत्यु भएको प्रमुख पार्धेले बताए ।
नवजात शिशु सकुशल रहेको र आफन्तको जिम्मा लगाइएको छ । सुत्केरीको शव अहिले प्यूठान अस्पतालमा ल्याइएको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई सरकारले धोका दियो : अध्यक्ष ओली
-
डेढ घण्टापछि चल्न थाल्यो फेसबुक
-
ओलीको आरोप : बालेन सरकार हत्याहिंसा, तोडफोड र आगजनीबाट बनेको हो
-
अहिलेको राजनीति दिशाहीन र थितिविहीन छ : ओली
-
आदिकवि आचार्यको जन्मजयन्ती मनाउने सन्दर्भमा ‘एक मुट्ठी भोक’ सार्वजनिक
-
सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यक छ : विज्ञ राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण