साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा ८० अंकको गिरावट*
साताको पहिलो कारोबारका दिन नेप्से परिसूचकमा ८० अंकको गिरावट आइ २४७४.३९ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम कारोबार दिन अर्थात गत बिहीबार २५५४.१४ विन्दुमा बन्द भएको नेप्से यो सातोको पहिलो दिन नै ७९.७४ अंक अर्थात ३.१२ प्रतिशतको संकुचन आएको हो ।
आज प्रमुख कम्पनीहरुको सूचक (सेन्सेटिभ इण्डेक्स) समेत १४.५३ अंक घटेर ४४७.२९ विन्दुमा झरेको छ । आइतबार दोस्रो बजारमा २०७ कम्पनीका एक करोड ६० लाख १७ हजार ३२२ कित्ता सेयर ९६ हजार १५१ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम भने ८ अर्ब ३५ करोड ५२ लाख काय भएको छ ।
नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकममा भने सुधार देखिएको छ । गत साताको अन्तिम कारोबार दिन ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
*यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण