सर्वोच्च अदालतले बलात्कारीलाई सोधेको प्रश्नमा अभिनेत्री तापसी बोलिन्- ‘यो समाधान हो कि सजाय ?
मुम्बई । अभिनेत्री तापसी पन्नु फिल्म अभिनय, लुक्सको अलवा विवादित बयानका कारणले पनि अक्सर चर्चामा रहने गर्छिन् । सामाजिक तथा राजनीतिक मुद्दामा समेत आफ्नो विचार राख्दै आएकी छन् । पछिल्लो समय किसानहरुको आन्दोलन खुलेरै समर्थन गरेकी उनले अहिले भने सुिप्रम कोर्टको एक जर्जको स्टेटमेन्टको बिषयमा प्रतिक्रिया जनाएकी छन् । जसको कारणले अहिले उनी चर्चामा छिन् ।
तापसीले सुप्रिम कोटको जर्जको त्यो प्रश्नमाथि औंला उठाएकी छन् । जुन प्रश्न जर्जले रेपका आरोपीलाई सोधेका थिए । जर्जको प्रश्न थियो ‘पीडितसँग विवाह गर्छाै ?’ अभिनेत्रीले जर्जको उक्त प्रश्नको प्रतिक्रिया जनाउँदै ट्वीटमा लेखेकी छन्– ‘के कसैले केटीसँग यो प्रश्न सोध्यो उनी बलात्कारीसँग विवाह गर्न चाहन्छिन् कि चाहान्नन् ?’ उनले जर्जको प्रश्नलाई समाधान कि सजाय भनेर प्रश्न समेत गरेकी छिन् ।
घटना २३ वर्षका एक युवकले एक नाबालिका केटीलाई बलात्कार गरेको विषयको हो । आरोपी व्यक्ति सरकारी नोकरी गर्छन् । केसको सुनाइको दौरानमा जर्जले आरोपीलाई सोधेका थिए, के तपाई पीडितसँग विवाह गर्न चाहनुहुन्छ ?
गत सोमबार सुप्रिम कोटमा यो बिषयमा सुनुवाई भएको थियो । सुनुवाईको दौरानमा जर्जको उक्त स्टेटमेन्ट तापसीलाई मन परेन । तापसी छिट्टै केही फिल्ममा देखिने तरखरमा छिन् । उनको आउँदो फिल्ममा ‘रश्मी रकेट’, ‘लुप लपेटा’ र ‘शावाश मिठु’ लगायत रहेका छन् । अहिले उनी अनुराग कश्यपको फिल्म ‘दोबारा’ को सुटिङमा व्यस्त रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण