मोदी सरकारको विरोध गर्ने तापसी पन्नू र अनुराग कश्यपको घरमा अधिकारीको छापा
मुम्बईमा बलिउडका केही ठूला हस्तीको घरमा बुधबार आयकर विभागले छापा मारेको छ । यसमा नायिका तापसी पन्नू, निर्माता अनुराग कश्यप, विकास बहल र मधु मनटेना संलग्न छन् । उनीहरुमाथि कर छलीको आरोप छ । शहरमा २२ स्थानमा कारवाही गरिँदैछ । स्रोतबाट प्राप्त जानकारीका अनुसार यो छापामारी फ्यान्टम फिल्म्ससँग सम्बन्धित छ । भारतीय सञ्चार माध्यमको अनुसार जसमाथि कारवाही गरिँदैछ, उनीहरु मोदी सरकारका विरोधी हुन् र यो एउटा संयोग नै हो ।
अनुसन्धानको दायरा बढ्नसक्छः
मधु मंटेनाको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी क्वानको कार्यालयमा पनि आयकर अधिकारी पुगेका छन् । यी सबै फ्यान्टम फिल्म्ससँग सम्बन्धित छन् । आयकर विभागलाई फ्यान्टम फिल्म्स कम्पनीको कामकाज र लेनदेनमा गडबडी छ कि भन्ने शंका छ । छापामारीमा भेटिएको दस्तावेज र प्रमाणको आधारमा पनि अनुसन्धानको दायरा बढ्न सक्छ । यसमा अन्य थुप्रै वरिष्ठ मानिसहरुको पनि संलग्नता रहन सक्छ ।
फ्यान्टम फिल्म्स कम्पनी सन् २०१८ मा बन्द भइसकेको छः
फ्यान्टम फिल्म्स कम्पनीलाई अनुराग कश्यप, विक्रमादित्य मोटवानी, मधु मंटेना र विकास बहलले सन् २०१० मा लञ्च गरेका थिए । सन् २०१८ मा विकास बहलमाथि यौन शोषणको आरोप लागेपछि कम्पनी बन्द गरिएको थियो । त्यसपछि यी चारैजना पार्टनर अलग भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदयरोग केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण