नेम्वाङलाई संसदीय दलको उपनेताबाट राजीनामा दिन निर्देशन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेता तथा पार्टी स्थायी समितिका सदस्य सुवास नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने निर्णय गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सो समूहको केन्द्रीय समिति बैठकले नेम्वाङलाई कारबाही गर्दै संसदीय दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको हो ।
बैठकपछि नेता भीम रावलले नेम्वाङले पार्टी अनुशासन उलंघन गरेकाले विधानअनुसार कारबाहीसहित दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको जानकारी दिए । यस्तै बैठकले केन्द्रीय कमिटीका सदस्य विशाल भट्टराईलाई पनि कारबाही गर्दै संसदीय भूमिकामा पार्टीको हितअनुसार काम गर्न निर्देशन दिएको छ भने केन्द्रीय सदस्यहरु प्रभु साह, महेश बस्नेत, कर्ण थापा, शान्ता चौधरी र सूर्य थापालाई पनि ६ महिनाका लागि निलम्बनको निर्णय गरेको रावलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


