सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गत बुधबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको छ । प्रदेशसभामा सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी दिइएको हो । प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफल सकिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो ।
विशेष कारण देखाएर बैठक स्थगित गरिएको हो । यसअघि सोमबार आह्वान गरिएको बैठक पनि सुरु नहुँदै सूचना टाँस गरी स्थगित गरिएको थियो । प्रदेशसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
सभामुख अर्जुनबहादुर थापाका अनुसार विषयगत समितिले विधेयकलाई अन्तिम रुप नदिएका कारण बैठक स्थगित गरिएको हो । उनले बिहीबार बैठक बस्ने जानकारी दिए । उनले भने, ‘विषयगत समितिले सुदूरपश्चिम प्रदेशको बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेशको दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रुप दिइएको छ ।’ बिहीबारको बैठकमा यी दुईमध्ये एउटा विधेयक टेबल हुने उनले बताए ।
सातौ अधिवेशनको पाँचौ बैठकसम्म आइपुग्दा प्रदेशसभाबाट एक अध्यादेश र एक ऐन पारित भइसकेको छ भने बिजनेस नहुँदा दुई पटक बैठक स्थगित गरिएको छ । अहिले प्रदेशसभाको विषयगत समितिमा चारवटा विधेयक दफाबार छलफलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक