भ्यानडम शैलीमा वजन उठाउँदै उज्ज्वल ठकुरीको विश्वकिर्तिमान
न्युयोर्क । अमेरिकन मरिन गोजु करातेका ५ डान (गोडान) खेलाडी उज्ज्वल ठकुरीले नयाँ विश्व किर्तिमान कायम गर्न सफल भएका छन् ।
उनले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा अधिक वजन पुरुषहरुले उठाउने विधामा ५० केजी को रेकर्डलाई तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व रेकर्ड कायम गरेका हुन् ।
ठकुरी हालै मात्र अमेरिकामा ‘हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड’ बाट सम्मानित भएका थिए । यो अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने पुरस्कार मानिन्छ।
ठकुरीको जन्म काठमाडौंमा ४२ बर्ष पहिला भएको थियो । उनी काठमाडौंबाट अमेरिका १५ बर्ष अगाडी आएका थिए । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न अवार्डहरु प्राप्त गरिसकेका छन् । जसमध्ये वर्ल्ड टाईटल बेल्ट, वर्ल्ड च्याम्पियन बेल्ट, दुईवटा राष्ट्रिय स्वर्ण पदक, दुईवटा अन्तरराष्ट्रिय कप त्यस्तै गरि दुईवटा अन्तरराष्ट्रिय ट्रफी लगायत विविध विधाका स्वर्ण पदक जितिसकेका छन् ।
विश्व रेकर्ड कायम गर्न सफल ठकुरीले आगामी दिनमा अझै तिन किसिमको छुट्टा(छुट्टी विधामा विश्वकिर्तिमान कायम गर्न आफु हरदम प्रायसरत रहेको र त्यसमा सफलता मिल्नेमा पूर्ण विश्वस्त भएको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण