ट्रकले ओभरटेक गर्न खोज्दा दुर्घटना, २ जनाको मृत्यु
झापा । झापाको कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु छ भने चार जना घाइते भएका छन् । को१ख १६८४ नम्बरको ट्रकले ओभर टेक गर्ने क्रममा आज दिउँसो ३ः३० बजे विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–००१ च ०१६७ नम्बरको कार र प्र१–०१–०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार सुनसरी धरान–१६ का २८ वर्षीय चालक दीपक क्षेत्री र सोलु पासाङ–१ का ३० वर्षीय दिलीप राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा बेलुका ५ बजे मृत्यु भएको हो । दुर्घटनामा कारमा सवार दिलीप रानामगरकी श्रीमती ३० वर्षीय अञ्जु मगर, सोही स्थानका ३० वर्षीय सुरेश मगर र मोटरसाइकलमा सवार झापा शिवसताक्षी–२ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र मोटरसाइकलको पछाडि सवार उनकै श्रीमती ३० वर्षीया सोनम श्रेष्ठ घाइते भएका छन् । घाइतेको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने ट्रक, ट्रक चालक मोरङ विराटनगर–१५ का प्रेमबहादुर वाइबालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण