दुई दिनमा लगाए २ सय २५ सांसदले कोरोना विरुद्धको खोप
बिहीबार, २० फागुन २०७७, १७ : ४८
काठमाडौं । संघीय संसदका २ सय २५ जना सांसद सहित ९ सय ७२ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रतिनिधिसभा बैठकको पूर्वसन्ध्यामा संघीय संसदका सांसद र कर्मचारीलाई स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा कोरोना विरुद्धको भ्याक्सिन दिइएको हो ।
नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा बुधबारदेखि शुरु भएको भ्याक्सिन दिने क्रममा आजसम्म २ सय २५ सांसद, ७ सय ४७ कर्मचारीले भ्याक्सिन लगाएका हुन् । आज ६० जना सांसद, स्वकिय सचिव, कर्मचारी लगायत अन्य ४ सय ३० जना समेत गरी ४ सय ९० जना जनाले भ्याक्सिन लगाएको संघीय संसद सचिवालयले जनाएको छ । भोलि शुक्रबार पनि बाँकी रहेका संघीय संसदका सांसद तथा कर्मचारीलाई भ्याक्सिन दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण