विप्लव सोझै बालुवाटार, अनि मात्रै राष्ट्रिय सभागृह
काठमाडौं । प्रतिबन्ध फुकुवा भएसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) नवलपरासीबाट काठमाडौ आउने क्रममा छन् । उनी शुक्रबार बिहानै नवलपरासीबाट सडकमार्ग हुदै काठमाडौ आउने क्रममा छन् । नवलपरासीबाट काठमाडौँ आएर उनी सोझै बालुवाटार जानेछन् ।
बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको कुराकानीपछि मात्रै राष्ट्रिय सभा गृहमा हुने समारोहमा सहभागी हुनेछन् । ‘उहाँ अहिले काठमाडौँ आउदै हुनुहुन्छ । काठमाडौ आएपछि सोझै बालुवाटार आउनुहुन्छ । केहीबेर प्रधानमन्त्रीसँग छलफल गरेर राष्ट्रिय सभा गृह जानुहुनेछ’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार र सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका राजन भट्टराईले रातोपाटीसँग भने, ‘केही विषयमा छलफल र कुराकानी गर्नुपर्ने भएकाले पहिला बालुवाटारमा भेटवार्ता राखिएको हो ।’
सरकारसँगको वार्तामा सहमति जुटेपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन लागेको हो । शुक्रबारै राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । त्यसअघि बालुवाटारमा प्रधानमन्त्रीसँग विप्लवले राजनीतिक विषयमा छलफल गर्ने बुझिएको छ ।
तत्कालीन विद्रोही माओवादीका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई पनि यसअघि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सोझै बालुवाटार अवतरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण