हरिबोल भट्टराईको स्वास्थ्यमा सुधार
काठमाडौं । नेपाली काँग्रेस(वीपी)का सभापति तथा कांग्रेसका प्रखर वक्ता नेता हरिबोल भट्टराईलाई हृदयाघात भएको छ । नेपाली कांग्रेस(वीपी)का सभापति हरिबोल भट्टराईको स्वास्थ्यवस्थामा अवस्थमा सुधार आएको छ । घरमै रहेका नेता भट्टराईलाई मंगलबार साँझ एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । परिवारजनले उनलाई तत्काल स्टार हस्पिटलमा भर्ना गरेका थिए । त्यहाँ राखेर प्राथमिक उपचार गरिए पनि थप उपचार सम्भव नभएपछि चिकित्सकहरुको रिफर अनुसार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना गरिएको थियो ।
नर्भिकमा नेता भट्टराईको डा.जेपी जैसवाल नेतृत्वको मेडिकल टिमले राति ८ः३० बजे सर्जरी गरेको थियो । सर्जरी गरी ब्लक भएको तीनवटै आर्टरीमा स्टेन्ट राखिएको थियो । सर्जरीअघिदेखि नै नेता भट्टराईलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । हर्ट सर्जरी गरी स्टेन्ट राखेपछि बिस्तारै भेन्टिलेटरको सपोर्ट हटाइएको थियो । नेता भट्टराईले आजदेखि पूर्ण रुपमा होसमा आई अरुसँग कुराकानी पनि गर्न थाल्नुभएको डा. जैसवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण