हरिबोल भट्टराईको स्वास्थ्यमा सुधार
काठमाडौं । नेपाली काँग्रेस(वीपी)का सभापति तथा कांग्रेसका प्रखर वक्ता नेता हरिबोल भट्टराईलाई हृदयाघात भएको छ । नेपाली कांग्रेस(वीपी)का सभापति हरिबोल भट्टराईको स्वास्थ्यवस्थामा अवस्थमा सुधार आएको छ । घरमै रहेका नेता भट्टराईलाई मंगलबार साँझ एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । परिवारजनले उनलाई तत्काल स्टार हस्पिटलमा भर्ना गरेका थिए । त्यहाँ राखेर प्राथमिक उपचार गरिए पनि थप उपचार सम्भव नभएपछि चिकित्सकहरुको रिफर अनुसार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल भर्ना गरिएको थियो ।
नर्भिकमा नेता भट्टराईको डा.जेपी जैसवाल नेतृत्वको मेडिकल टिमले राति ८ः३० बजे सर्जरी गरेको थियो । सर्जरी गरी ब्लक भएको तीनवटै आर्टरीमा स्टेन्ट राखिएको थियो । सर्जरीअघिदेखि नै नेता भट्टराईलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । हर्ट सर्जरी गरी स्टेन्ट राखेपछि बिस्तारै भेन्टिलेटरको सपोर्ट हटाइएको थियो । नेता भट्टराईले आजदेखि पूर्ण रुपमा होसमा आई अरुसँग कुराकानी पनि गर्न थाल्नुभएको डा. जैसवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा
-
यी हुन् कार्कीलाई कोशीको मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)
-
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
-
सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारी बर्खास्त
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश