बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं आएर विप्लवले सम्झिए ‘सहिदकी आमा’

शुक्रबार, २१ फागुन २०७७, ०६ : ००
शुक्रबार, २१ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफूहरूबीच भएको सहमति जनताको पक्षमा रहेको बताए ।  शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै विप्लवले भने, ‘ यो सहमति केवल सरकार र हाम्रो मात्रै होइन, केवल पार्टीको मात्र होइन । नेपाली युवाहरूमा हुर्किएको समृद्धि जीवनको चाहना यो भित्र रहेको छ ।’ 

उनले आफू आज नवलपरासीबाट काठमाडौं आउने बेलामा सहिदको आमाले टिका लगाइदिएको स्मरण गर्दै सहिदहरुको सपना पूरा गर्नु आफूहरुको दायित्व भएको बताए ।  ‘आज बिहानै अवसर पनि जुट्यो, हामी एउटा गाउँमा बस्दै गर्दा सहिदका आमाले टिका लगाइदिनुभयो । उहाँले भन्नुभयो–आजसम्म धेरैका इच्छा पुरा भए तर सहिदको चाहना पुरा भइसकेको छैन, नेपालका जनताको चाहना पुरा भएको छैन । दुःख गरिखाने नेपालीको चाहना पुरा भएको छैन ।’
उनले ती सहिदकी आमाको  कुरा सुन्दा अझैपनि सहिदको सपना पुरा हुन नसकेको अनुभूति आफूले गरेको बताए । 

‘हामी जुन उद्देश्य लिएर कम्युनिस्ट आन्दोलनमा सहभागी भयौँ । दुःख भोग्यौं । मृत्युको नजिक नपुगेर फर्किएका नेता पनि सायदै छैनौं । कठिन परिस्थिति नभोगेको कोही पनि छैनौं । सहिदहरुलाई सम्मान गरेर उहाँहरुको सपना मर्न दिँदैनौँ भनेर हामीले विश्वास दिलाऔँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप