काठमाडौं आएर विप्लवले सम्झिए ‘सहिदकी आमा’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार र आफूहरूबीच भएको सहमति जनताको पक्षमा रहेको बताए । शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै विप्लवले भने, ‘ यो सहमति केवल सरकार र हाम्रो मात्रै होइन, केवल पार्टीको मात्र होइन । नेपाली युवाहरूमा हुर्किएको समृद्धि जीवनको चाहना यो भित्र रहेको छ ।’
उनले आफू आज नवलपरासीबाट काठमाडौं आउने बेलामा सहिदको आमाले टिका लगाइदिएको स्मरण गर्दै सहिदहरुको सपना पूरा गर्नु आफूहरुको दायित्व भएको बताए । ‘आज बिहानै अवसर पनि जुट्यो, हामी एउटा गाउँमा बस्दै गर्दा सहिदका आमाले टिका लगाइदिनुभयो । उहाँले भन्नुभयो–आजसम्म धेरैका इच्छा पुरा भए तर सहिदको चाहना पुरा भइसकेको छैन, नेपालका जनताको चाहना पुरा भएको छैन । दुःख गरिखाने नेपालीको चाहना पुरा भएको छैन ।’
उनले ती सहिदकी आमाको कुरा सुन्दा अझैपनि सहिदको सपना पुरा हुन नसकेको अनुभूति आफूले गरेको बताए ।
‘हामी जुन उद्देश्य लिएर कम्युनिस्ट आन्दोलनमा सहभागी भयौँ । दुःख भोग्यौं । मृत्युको नजिक नपुगेर फर्किएका नेता पनि सायदै छैनौं । कठिन परिस्थिति नभोगेको कोही पनि छैनौं । सहिदहरुलाई सम्मान गरेर उहाँहरुको सपना मर्न दिँदैनौँ भनेर हामीले विश्वास दिलाऔँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण