कोरोनाका कारण विदेशमा थप २ नेपालीको मृत्यु
काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड–१९) कारण यो साता थप २ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका २ नेपालीको कोभिड १९ का कारण निधन भएको हो ।
शनिवार साँझसम्म योसहित ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो । रिपोर्टअनुसार हालसम्म ५३ देशमा रहेका नेपालीहरु संक्रमित भएका छन् । गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ ।
शनिवार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण