शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

४४ वर्ष कान्छी जियासँग बोल्ड सीन दिएर विवादमा फसेका थिए अमिताभ बच्चन, श्रीमती जयाले दिएकी थिइन् यस्तो प्रतिक्रिया

सोमबार, २४ फागुन २०७७, १२ : ०१
सोमबार, २४ फागुन २०७७

बलिउडका महानायक भनिने अमिताभ बच्चनले पर्दामा एकसे एक दमदार भूमिका निभाएका छन् । ‘एंग्री योंग म्यान’ देखि कमेडीसम्म हरेक भूमिकामा अमिताभ बच्चनले आफ्नो अभिनयमार्फत् दर्शकलाई मनोरञ्जन प्रदान गरेका छन् । यद्यपि, आफ्नो फिल्मी करियरमा बिग बीले यस्ता केही फिल्म पनि गरेका छन् जुन उनको करियरको सबैभन्दा विवादित फिल्म मानियो । यसमा समावेश छ रामगोपाल वर्माको फिल्म ‘निःशब्द’ । यसमा अमिताभ बच्चन अभिनेत्री जिया खानसँग देखिएका थिए । यो फिल्ममा उनीहरुको इन्टिमेट सीनले निकै हंगामा मच्चाएको थियो ।

२ मार्च सन् २००७ मा रिलिज भएको यो फिल्मको कहानी विवादास्पद उपन्यास लोलिता र सन् १९९९ मा रिलिज भएको हलिउड फिल्म अमेरिकन ब्यूटीबाट प्रेरित भएको बताइनछ । यो फिल्ममा अमिताभ बच्चनले आफूभन्दा ४४ वर्ष कान्छी अभिनेत्री जिया खानसँग बोल्ड सिन दिएका थिए जसका कारण उनले आलोचनाको शिकार हुनुपरेको थियो । भारतीय मिडियामा प्रकाशित समाचारलाई विश्वास गर्ने हो भने जया बच्चन पनि अमिताभसँग निकै रिसाएकी थिइन् ।

फिल्ममा अमिताभ बच्चनलाई एक विवाहित व्यक्तिको रुपमा देखाइएको छ जसका एक छोरी पनि हुन्छिन् । उनकी छोरीकी साथीको भूमिका जिया खानले निभाएकी थिइन् । उनीतर्फ अमिताभ आकर्षित हुन्छन् । यस्तोमा जिया खान र अमिताभबीच थुप्रै लभ मेकिङ सीन सुट भएका थिए । यो फिल्म २० दिनभित्र सुट गरिएको थियो ।

फिल्ममा जिया र अमिताभ बच्चनको लिपलक सीन पनि थियो, यो सबैभन्दा बढी विवादमा आएको थियो । यो सीनका कारण जया असाध्यै रिसाएका भएर उनले त्यस उप्रान्त कुनै पनि फिल्ममा यस्ता दृश्य नगरेको बताइन्छ । अमिताभ बच्चनलाइए पनि यो फिल्मको विवादबाट बाहिर निस्कन धेरै समय लागेको थियो ।

यो फिल्म जिया खान र अमिताभ बच्चनको उमेरको भिन्नता र इन्टिमेट सीनका कारण चर्चामा आएको थियो । बक्स अफिसमा यो फिल्मले केही विशेष प्रतिक्रिया पाएको थिएन । यहाँसम्म कि रामगोपाल वर्माले पनि उनले निशब्द र आगजस्ता फिल्ममा अमिताभ बच्चनलाई लिएर गल्ती गरेको बताउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप