नारी दिवसमा २५ पठाओ महिला राइडर सम्मानित
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ । १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर कम्पनीले आफ्ना २५ उत्कृष्ट महिला राइडरहरुलाई सम्मान गरेको हो ।
पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला दिवसको अवसरमा राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरेर सम्मान गरिएको जानकारी दिइन् । सो अवसरमा महिला राइडरहरुले अनुभव समेत आदनप्रदान गरिएको उनले बताइन् । महिला सशक्तीकरणको महत्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदी बहिनी सक्रिय भएको देख्दा खुसी लागेको हमालले बताइन् ।
हाल झण्डै ७०–८० हजारको संख्यामा नेपालमा पठाओ राइडहरु रहेकोमा एक हजार छ सय जना महिला राइडरहरुरहेको कम्पनीले जनाएको छ । जसमध्ये करिब तीन सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब तीस हजार रहेको हमालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण