जनार्दनको प्रश्नः नेपालका राजनीतिक पार्टीहरु स्वतन्त्र हुन् कि अधिनस्थ ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सर्वोच्च अदालतको हालैको फैसलाले राजनीतिक पार्टीहरूको आत्मनिर्णयको अधिकार अपहरण भएको टिप्पणी गरेका छन् । सो पार्टीको मंगलबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै पूर्व गृहमन्त्री समेत रहेका शर्माले सर्वोच्चको यो फैसलाले नेपालमा राजनीतिक पार्टीहरू स्वतन्त्र हुन् वा अधीनस्त हुन ? भन्नेमा गम्भिर प्रश्न उठेको बताए ।
‘राजनीतिक प्रकृतिको निर्णय अदालतले गर्यो । राजनीतिक प्रकृतिको निर्णय र मागदाबी भन्दा बढिको निर्णय बेठीक भो । तर अदालतले फैसला गरिसकेको हुनाले त्यो बेठीक भएको कुरा विरोध गर्दै फैसलालाई कार्यन्वयन गर्ने समझदारीका आधारमा पूर्व पार्टीहरू सञ्चालन गर्नुपर्ने आवश्यकता भएको हो’ शर्माको भनाई छ । नेता शर्माले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे बुधबारको स्थायी समिति बैठकले रणनीति बनाउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण