शिवरात्रिका दिन वाग्मतीमा सफा पानी बग्ने
काठमाडौं । मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ । सो दिनमा धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ ।
सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै अहिले नै वाग्मतीमा पानीको बहाब बढिरहेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए । गत १० गतेबाट सुरुङमा पानी पठाउन थालिएकामा अहिले सुरुङ पूरै पार गरेर गत शनिबारबाट सुन्दरीजलमा आउन थालेको हो । सुरुङमा जम्मा भएको पानी खसाल्न थालिएको उनले बताए । उनले भने, “पानी व्यवस्थापन गरेर खसाल्ने योजना छ ।”
पानी आएको केही समयसम्म सुरुङ सफा गर्ने योजना बनाइएको छ । अझै एक डेढ महिनासम्म सुरुङ सफा गर्न र सुरुङको परीक्षण गर्न लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङ परीक्षणका क्रममा कुनै समस्या पाइएमा त्यसको समाधान गरेर उपत्यकामा नियमित रुपमा पानी वितरण हुनेछ ।
तीन खण्डबाट सुरुङ पखाल्ने (फल्सिङ) को व्यवस्था मिलाइएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार सुरुको खण्ड अम्बा थानबाट ग्यालथुमसम्मको खण्ड रहेको छ । करीब पाँच किमी लम्बाइको उक्त खण्ड उकालो रहेको छ । सो खण्ड भरिएपछि पानी ग्यालथुमबाट सिन्धुतिर दोस्रो खण्डमा प्रवेश गर्ने उनले जानकारी दिए ।
सो खण्डको लम्बाई आठ दशमलव दुई किमी छ । तेस्रो खण्डका रुपमा रहेको सिन्धुबाट सुन्दरीजलसम्मको खण्ड सबैभन्दा लामो छ । झण्डै १० किमी लम्बाईको सो खण्ड पार गरेर पानी सुन्दरीजल आइपुगेको हो । एकै पटक नभरिए पनि एउटा तहसम्म पुगेपछि अर्को खण्डमा पानी पुग्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण