सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

तीनवटा कम्पनीले आइपिओ ल्याउन बोर्डसँग मागे अनुमति

बुधबार, २६ फागुन २०७७, १६ : ३९
बुधबार, २६ फागुन २०७७

काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग गर्न दुई लघुवित्त र एक हाइड्रोपावर कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेका छन ।  मनकामना लघुवित्तले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्न माग गरेको छ । उक्त लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । यसले सय रुपैयाँ अंकित मूल्यमै प्राथमिक सेयर जारी गर्नेछ । 

यता जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशनको अनुमति मागेको छ  । जीवन विकासको शेयर निष्काशन तथा बिक्री प्रबन्धक पनि एनएमबी क्यापिटल रहेको छ । यस्तै सयपत्री हाइड्रोपावरले पनि स्थानीय तथा सर्वसाधारणको लागि गरी ९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको  छ  ।

यी तीनै कम्पनीले एकसय रुपैयाँ सेयर मूल्य राखेर बोर्डसँग अनुमति माग गरेका छन् ।  मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त र सयपत्री हाइड्रोपावर कम्पनीलाई बोर्डले अनुमति दिए सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्नेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप