तीनवटा कम्पनीले आइपिओ ल्याउन बोर्डसँग मागे अनुमति
काठमाडौं । सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग गर्न दुई लघुवित्त र एक हाइड्रोपावर कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेका छन । मनकामना लघुवित्तले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्न माग गरेको छ । उक्त लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । यसले सय रुपैयाँ अंकित मूल्यमै प्राथमिक सेयर जारी गर्नेछ ।
यता जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशनको अनुमति मागेको छ । जीवन विकासको शेयर निष्काशन तथा बिक्री प्रबन्धक पनि एनएमबी क्यापिटल रहेको छ । यस्तै सयपत्री हाइड्रोपावरले पनि स्थानीय तथा सर्वसाधारणको लागि गरी ९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको छ ।
यी तीनै कम्पनीले एकसय रुपैयाँ सेयर मूल्य राखेर बोर्डसँग अनुमति माग गरेका छन् । मनकामना स्मार्ट लघुवित्त, जीवन विकास लघुवित्त र सयपत्री हाइड्रोपावर कम्पनीलाई बोर्डले अनुमति दिए सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण