मिर्गौला फेल हुनुअघि देखिन्छन् यस्ता संकेत
मिर्गौलाले शरीरको भित्री अंगमा भएको विषाक्त पदार्थहरु निस्कासन गर्न मद्दत गर्छ । मिर्गौलाले विषाक्त पदार्थहरु पिसावमार्फत बाहिर फ्याक्छ । तर, मिर्गौलाले काम गर्न छोडेमा विषाक्त पदार्थहरुले शरीर भरिन्छ । जसकारण मिर्गौला फेल हुने सम्भावना बढ्छ ।
लक्षण
पिसाब कम आउनु, गोडा तथा कुर्कुचा सुन्निनु, सास फेर्न समस्या आउनु, थकाई महसुस हुनु, बान्ता हुनु, टाउको दुख्नु वा हृदयघातको लक्षण देखिनु मिर्गौला फेल हुनुका लक्षणहरु हुन् ।
कारण
मिर्गौला फेल हुनुका थुप्रै कारणहरु हुन्छन् । जस्तो कि कुनै गम्भीर रोगका कारण पिसाब कम लाग्ने, हृदयघात हुनु, मुटुरोग, कलेजो फेल हुने, प्रदुषण, औषधिको प्रयोग, क्रोनिक रोग, डिहाइड्रेशन, एलर्जी, गम्भीर इन्फेक्शन, उच्च रक्तचाप आदि मिर्गौला फेल हुने कारण हुन् ।
मिर्गौला फेल हुने ५ स्टेज
पहिलो चरण
पहिलो स्टेजमा खासै विशेष लक्षण देखापर्दैनन् । रगतमा चिनीको मात्रा नियन्त्रण गरेर स्वस्थ जीवनशैली अपनाउने, सन्तुलित भोजन खाने, नियमित एक्सरसाइज गर्ने र तौल कम गर्ने जस्ता गतिविधिले पहिलो चरणको मिर्गौलाको समस्या कम हुन्छ ।
दोस्रो चरण
दोस्रो चरणमा मिर्गौलाका समस्याहरुका केही लक्षणहरु देखापर्ने गर्छन् । तर, यो चरणमा पिसाबमा प्रोटिन वा अन्य प्रकारका शारीरिक खराबी स्पष्ट देखिन्छन् । यो चरणमा पनि स्वस्थ जीवनशैली अपनाएमा समस्या बढ्न पाउँदैन । यो चरणमा लापरबाही गरियो भने मुटुसम्बन्धी रोग, इन्फ्लामेशन वा ब्लड डिसअर्डर जस्ता समस्या आउँछ ।
तेस्रो चरण
मिर्गौलाको तेस्रो चरणमा हातगोडा सुन्निने, पिठ्युँमा दुखाई हुने, पिसाबको रगं परिवर्तन हुने जस्ता लक्षणहरु देखापर्छन् । यो चरणको बारेमा रगत परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यो चरणमा डाक्टरको सल्लाह लिन आवश्यक हुन्छ ।
चौँथो चरण
चौँथो चरणमा मिर्गौलाका बिरामीको अवस्था गम्भीर हुनजान्छ । यो चरणमा मिर्गौलाले ठिकसँग काम गर्न सक्दैन । यो स्थितीमा एनिमिया, उच्च रक्तचाप, हड्डीसम्बन्धी समस्या देखापर्छ । यो चरणमा भएका बिरामीले अस्पताल गएर उपचार गराउनुपर्छ ।
पाँचौँ चरण
यो चरणमा मिर्गौलाले काम गर्न बन्द गर्छ । मिर्गौलाले गर्न कार्य प्रणालीमा नै असर देखिन थाल्छ । बान्ता हुने, सास फेर्न गाह्रो हुने, छालाहरु अत्यधिक चिलाउने जस्ता अनेकन् लक्षणहरु देखापर्छन् । यस स्थितीमा नियमित डायलिसिस र मिर्गौला परिवर्तन गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण