कविता: वादविवाद
-भुवन रोका “मित्रजी”
छोरा की छोरी?
गर्भमै छँदा
लामो वादविवादबाट
जन्मिएको हुँ म
पढ्दै गर्दा विद्यालयमा
बाडिन्थ्यो सिङ्गो कक्षा दुई भागमा
लगाईन्थ्यो बोल्न पक्ष र विपक्षमा
“तरवार भन्दा कलम बलियो” शीर्षकमा
तिखारिन्थ्यो एकअर्कामा प्रतिस्पर्धाको धार
थमाईन्थ्यो केही थान पुरस्कार
म पक्षमा बोल्दा
मेरो सबैभन्दा मिल्ने साथी
विपक्षमा बोल्नु पर्थ्यो
म विपक्षमा बोल्दा
उ पक्षमा बोल्नु पर्थ्यो
मैले उसको
उसले मेरो
तर्कको खण्डन गर्नुपर्थ्यो
सायद
त्यहाँबाट सुरु भएको थियो
आफ्नैहरुलाई हराउने भावना
तर्क मात्रै गरेर
पुरस्कार थाप्ने चाहना
दुर्भाग्य
हाम्रा तर्कहरु गलत थिए
हाम्रा ब्याख्याहरु अर्थहिन भईदिए
अह,
प्रमाणित गर्नै सकेनौँ तर्क गरेर
कलम बलियो कि तरवार भनेर
त्यसैले होला
बर्षौ देखी अझै चलिरहेछ वादविवाद
त्यहि विद्यालयमा
त्यहि विषयमा
हानिरहेछन् प्रतिस्पर्धाको प्रहार
थापिरहेछन् पुरस्कार
आज
त्यहि मिल्ने साथी
वादविवाद गरिरहन्छ
गाऊँमा खेतबारीको साध
कसैले मिच्यो भने
देशको सिमाना दुख्ने गरी
कसैले थिच्यो भने
बोलिरहन्छ पक्ष र विपक्षमा
“वाद”हरुको विषयमा
धेरैपल्ट थुनियो उ
निरंकुशताको विपक्षमा तर्क गर्दागर्दै
गणतन्त्रको पक्षमा विउ छर्दाछर्दै
कहिले
रुखको छहारी राम्रो भन्छ
कहिले
सुर्यको प्रकाश हाम्रो भन्छ
दुर्भाग्य
कहिले पुष्टि गर्न सकेन
कुन राम्रो हो
कुन हाम्रो हो
मैले त
छोडिसकेँ वादविवादमा भाग लिन
कुनै विषयको पक्ष र विपक्षमा उभिन
भन्नेहरुले त भन्न सक्छन्
यो त सिद्धान्त विहीन भएछ
यथास्थितिवादमा गएछ
तर
मैले नयाँ सिद्धान्त बनाईसकेको छुँ
मेरा सन्ततिहरुलाई
श्रम गर्न सिकाईसकेको छुँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण