माओवादीको बैठक बस्दै, बादलसहितका नेतालाई के होला कारवाही ?
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे पछि बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्दै आगामी रणनीति तय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् । पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै नयाँ सरकार गठन, ओलीको बर्हिगमन, त्यसका लागि दलहरुबीच भइरहेको वार्ता र समीकरणको प्रयासका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकमा ब्रिफिङ गर्ने छन् ।
साथै, बैठकमा पार्टीको नाम परिवर्तन र सरकारलाई दिएको समर्थन फिर्ता गर्ने–नगर्ने विषयमा छलफल भएपनि आजै निर्णयमा पुग्नसक्ने सम्भावना नरहेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युँतिएपछि एमालेमा देखिएको विवाद र पार्टी एकताका बारेमा भइरहेका छलफलका बारेमा समेत बैठक छलफल हुने नेताहरुको भनाइ छ । यसअघि माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले एमालेमा मनोनित भएका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्नुका साथै गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ६ जनालाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएको थियो ।
एमालेले शुक्रबार मात्रै सरकारमा रहेका ६ जना मन्त्रीसहित माओवादीका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । एमालेमा गएकाहरुले माओवादीमा नफर्कने बताइरहेका छन् । यस्तो अवस्थामा आजको बैठकले उनीहरुलाई कारवाही गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण