शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

२० जनाले बोलेपछि माओवादी केन्द्रीय समिति बैठक स्थगित

सोमबार, ०२ चैत २०७७, १५ : ५४
सोमबार, ०२ चैत २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक  स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार दोस्रो दिन बसेर बैठक केही दिनका लागि स्थगित भएको हो ।  दोस्रो दिन सोमबार बसेको बैठकमा २० जना नेताहरुले आआफ्नो धारणा राखेका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टीलाई सैद्धान्तिक र सांगठनिक रुपमा चुस्त दुरुस्त राख्नुपर्ने धारणा राखेको नेता गणेश साहले जानकारी दिए ।

‘२० जनाले धारणा राख्नुभयो । धेरैको भावना पार्टीलाई एकतावद्ध बनाउँदै सांगठनिक र सैद्धान्तिक रुपले चुस्त दुरुस्त बनाउनुपर्छ भन्ने कुराहरु आए’, साहले रातोपाटीसँग भने, ‘अवको बैठकमा दस्तावेजसहित छलफल हुनुपर्ने मागहरु पनि उठे ।’ जनार्दन शर्माले बोल्न सुरु गरेको बैठकमा पम्फा भुसाल हुँदै रामचन्द्र झामा पुगेर टुंगिएको थियो ।

बैठकमा नयाँ सरकार निर्माणका लागि अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपा विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनका विषयमा समेत चर्चा भएको थियो ।  बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले माओवादीबाट मन्त्री बनेका नेताहरुलाई स्पष्टिकरणको पत्र पठाइसकेको तर उनीहरुले जवाफ नदिएकाले प्रक्रिया अनुसार अघि बढ्ने जानकारी दिए ।

उनले नयाँ सरकार गठनका लागि विभिन्न पार्टीसँग वार्ता गर्नुपर्ने र पार्टीको सांगठनिक क्रियाकलाप बढाउनुपर्ने भएकाले बैठक केहीदिन स्थगित गर्नुपरेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप