सफ्टवेयरको सोर्स कोड दुरुपयोग गर्ने तीनजना पक्राउ
काठमाडौं । सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका विमल केसी, रुपन्देहीका श्यामबहादुर चौधरी र पूर्वी नवलपरासी घर भएका शंकर ज्ञवाली रहेका छन् । उनीहरु बुटवलमा रहेको प्रिफेस टेक्नोलोजीका सञ्चालक हुन् । उनीहमाथि पूर्वी नवलपरासीमा रहेको नेशनल सफ्टवेयर एण्ड आइटी सोलुसन नामक सफ्टवेयर निर्माता कम्पनीको सोर्स कोड चोरी गरेको आरोप छ ।
प्रिफेस टेक्नोलोजीका सञ्चालकहरुलाई बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको साईबर ब्यूरोका डिआईजी रामकृपाल शाहले रातोपाटीलाई बताए । पक्राउ परेकाहरु यसअघि नेशनल सफ्टवेयर एण्ड आईटी सोलुसन नामक सफ्टवेयर कम्पनीमा काम गर्थे । प्रिफेश टेक्नोलोजी शुरु गरेर उनीहरुले पुरानो कम्पनीको जस्तै सफ्टवेयर बनाएर बेच्न थालेको साइबर ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर विद्युतीय कारोवार ऐन–०६३ अनुसार प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण