१४० वर्षकै शक्तिशाली हिम आँधीः ४८ घण्टामा ५ फिट हिउँ, २४ सय उडान रद्द, ३५ लाख प्रभावित
अमेरिकामा एक महिनाभित्र दोस्रो पटक हिम आँधी आएको छ । यसले पछिल्लो १४० वर्षको रेकर्ड तोडिदिएको छ । कोलोराडो, व्योमिङ्ग र नेब्रास्कासमेत ६ राज्यमा ४८ घण्टामा पाँच फिटसम्म हिउँ परेको छ । यसका कारण ८० भन्दा बढी हाइवे बन्द भएका छन् । दुई दिनमा २४ सयभन्दा बढी उडान रद्द गर्नुपरेको छ ।
साथै करिब ३५ लाख मानिसहरु प्रभावित भएका छन् । मौसम विभागका अनुसार साधारणतया अमेरिकामा मार्चमा नै हिउँ पर्छ । यतिबेला यहाँको तापक्रम १० देखि १५ डिग्रीको बीचमा हुन्छ । तर साइबेरियातर्फ चलेको चिसो हावामा कारण हिउँ परेको हो । तापक्रम माइनस ११ डिग्रीसम्म पुग्यो । यसअघि सन् १८८१ मा २४ इन्च हिउँ परेको थियो ।
बिजुली–पानीको संकट बन्यो हिम आँधीः
अघिल्लो महिना आर्कटिक ब्लास्टका कारण अमेरिकामा १२२ वर्षको सबैभन्दा व्यापक हिम आँधी आएको थियो । यसैकारण टेक्साससमेत १२ राज्यमा भारी हिउँ परेको थियो । आँधीका कारण २१ जनाको मृत्यु भएको थियो जबकी थुप्रै घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण