सेयर बजारमा सामान्य बृद्धि, कारोबार रकम खुम्चियो
मङ्गलबार, ०३ चैत २०७७, १५ : ५१
काठमाडौं । सेयर बजारमा सामान्य बृद्धि भएको छ । सेयर बजार २.५६ अंकले बढेर २३९१.७४ बिन्दुमा अडिएको छ । कारोबार रकम भने ३ अर्बमा झरेको छ । मंगलबार ३ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस दिन सातवटा उपसमुहमा बृद्धि छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन बीमातर्फ २३०.२९ अंकको बृद्धि छ भने माइक्रोफाइनान्स समूहमा २७.३६ अंकको बृद्धि छ । सबैभन्दा बढी गिरावट ट्रेडिङ समूहमा छ ।
चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रोपावर, ग्रिन लाइफ हाइड्रोपावर र खानीखोला हाइड्रोपावर लिमिटेड सबैभन्दा बढी कमाउनेको शीर्ष पाँच नम्बरका कम्पनी हुन् । राष्ट्रिय बीमा कम्पनीको सेयर भने सबैभन्दा बढी गुमाउनेका शीर्ष एकमा परेको छ । कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण