सुजैन खानपछि बहिनी फराह पनि भइन् श्रीमानसँग अलग, डिजे अकिलबारे भनिन् यस्तो
बलिउड अभिनेता ऋतिक रोशनले श्रीमती सुजैनसँग सम्बन्धविच्छेद गर्न लागेको खबर त्यतिबेला निकै ठूलो खबर बनेको थियो । अब सुजैनपछि उनकी बहिनी फराह अली खानले पनि श्रीमान् डिजे अकिल अलीसँग अलग हुने निर्णय गरेकी छिन् । फराह सोसल मिडियामा निकै सक्रिय छिन् र उनले यसको जानकारी पनि सोसल मिडियामार्फत् नै दिएकी छिन् । फराहले अकिलसँग एउटा तस्बिर सेयर गरेर लामो मेसेज लेखेकी छिन् ।
आफ्नो पोस्टमा फराहले आफू र अकिल सधैं ‘बेस्ट फ्रेन्ड’ बनिराख्ने बताएकी छिन् । साथै आफूहरु आफ्ना सन्तान अजान र फिजाका लागि पनि निकै राम्रो अभिभावक बन्ने बताएकी छिन् । उनले लेखेकी छिन्, ‘कहिलेकाँही केही मानिसहरु एक–अर्कासँग अलग्गिने गर्छन् । कहिलेकाँही उनीहरु एक–अर्कासँग टाढा हुन्छन् । आफ्ना श्रीमान् अकिलसँग मेरो सम्बन्ध ९ वर्ष पुरानो हो र अब हाम्रो स्टेटस एक जोडी नभई साथी मात्रैको हो । यसले यो बताउँछ कि हामी आफ्नो खुसीले एक–अर्कासँग अलग भइरहेका छौं । हामी सधैं साथी बनिरहनेछौँ र आफ्ना सन्तान अजान र फैजाका अभिभावक पनि रहनेछौँ जसलाई हामी दुबैले बराबर प्रेम गर्छौं । र हामीले यो स्वीकार गरिसकेका छौं कि हामी सँगै बस्न सक्दैनौं ।’
फराहले आफ्नो पोस्टमा यो निर्णय आफूहरुले मिलेर लिएको बताएकी छिन् । यसमा कोही तेस्रो व्यक्तिको संलग्नता नभएको पनि उनले बताएकी छिन् । उनले लेखेकी छिन्, ‘हामी दुईबीच कोही तेस्रो व्यक्ति छैन । सार्वजनिक रुपमा यो निर्णयबारे जानकारी दिनुको कारण यो हो कि जसले हामीलाई चिन्नुहुन्छ उहाँहरुले हामीलाई सम्मानका साथ हेरिदिनुहोस् र हाम्रो भलाईका लागि सोचिदिनुहोस् । अकिल सधैं मेरो परिवारको हिस्सा रहनेछन् र म उनको । हामीलाई आशा छ कि हाम्रा सबै शुभचिन्तकले हाम्रो निर्णयलाई स्वीकार गर्नुहुनेछ र यसका लागि हामीलाई जज गर्नुहुने छैन । खुसी हुन आवश्यक छ र हामी छौं । अकिल र म दुबै र हाम्रा बच्चा–परिवार निश्चित रुपमा खुसी छौं । यहि त चाहिएको हो । आफ्नो जीवनमा हरेक कुराका लागि खुसी र आभारी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण