मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम
मङ्गलबार, ०३ चैत २०७७, २३ : ४२
एजेन्सी । बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडीः लिओनेल मेसी सफल भएका छन् ।
बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गरेका छन् । होएस्काविरुद्धको स्पेनिश प्रिमिअर लिग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गरेका थिए । बार्सिलोनाले ४–१ ले जितेको सो खेलपछि सो क्लब लिगको अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ ।
समान २७ खेल खेलेको एट्लेटिको मड्रिडको ६३ अङ्क छ भने बार्सिलोनाको ५९ अङ्क छ । रियल मड्रिड भने ५७ अङ्कमा सीमित रहेको छ । सन् २००४ देखि बार्सिलोनाका लागि खेल्न थालेका मेसीले क्लबबाट १० पटक स्पेनिस लिग र चार पटक च्याम्पियन्स लिग जित्नुका साथै अन्य २० विजेता ट्रफी जित्न सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण