ओलीले चक्रवर्ती बादशाह बन्ने सपना देखेः बाबुराम भट्टराई
बुधबार, ०४ चैत २०७७, १३ : ३९
काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रवर्ती बादशाह बनिरहने सपना देखेको आरोप लगाएका छन् । अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले राज्यका सबै अंग र साधन श्रोत कब्जा गर्न लागेको दाबी गर्दै सो आरोप लगाएका हुन् ।
चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेखिएको बताउँदै भट्टराईले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् - ‘राज्यका सबै अंग र साधन श्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र संविधानको रक्षा गर्न चुक्यौँ भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण