ओलीको दम्भका कारण एकताको ढोका बन्द भएको निष्कर्ष निकाल्यौं : माधव नेपाल
काठमाडौं । एमाले नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताएका छन् । बुधबार आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पछिल्लोपटक ओलीसँग भएको छलफलपछि ओलीको दम्भ नहटेको भन्दै त्यसपछि पार्टी एकताको ढोका बन्द भइसकेको निष्कर्षमा पुगेको बताएका हुन् ।
नेपालले ओलीसँग भएको वार्ताको प्रसंग उल्लेख गर्दै भने, ‘केपी ओली यो पार्टीलाई छिन्न भिन्न पार्न लागिरहनुभएको छ । उहाँको दम्भका कारण एकताको ढोका बन्द भइसकेको निष्कर्ष निकाल्यौ’, नेता नेपालको भनाई छ । त्यसक्रममा उनले पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि एमालेको १० औ र ११ औं बैठक नराखी एकैचोटी १२ औं बैठक बोलाएको भन्दै कहाँ गए दशौं र एघारौं बैठक भनेर ओलीलाई प्रश्न समेत गरेका छन् ।
नेता नेपालले ओलीको व्यक्तिवादी, अहंकारी र स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीमा संकट आएको बताए । ‘अहिले चैत ७ गते १२ औं बैठक बोलाइएको छ । कहाँ गयो १० औ र ११ औं बैठक ? नवौं बैठक बसेको थियो पहिले । एकैचोटी ७ गते १२ औं बैठक भनेर बोलाइयो । कारण के भन्दा यसबीचमा दुईवटा कागजमा सहि गराउनुभएछ दशौं र एघारौं बैठकका नाममा’ नेता नेपालले खुलाए । उनले विधान संशोधन र केन्द्रीय कमिटीमा मान्छे थप्ने निर्णय पनि आफूखुसी गरेको बताए । उनले ओलीसँग पछिल्लो पटक भएको छलफलमा समेत ओली फागुन २८ को निर्णयबाट पछि हट्न तयार नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण