बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

खनाल–नेपाल पक्षलाई कम्युनिस्ट आन्दोलनका अग्रजको साथ

बुधबार, ०४ चैत २०७७, १५ : ०७
बुधबार, ०४ चैत २०७७

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरुको सहभागिता रहेको छ । खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका अग्रज तथा एमालेका पुराना नेताहरु कमल कोइराला, मोहनचन्द्र अधिकार, केशवाणि पोखरेल, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, अमृत लाल बोहोरालगायतको सहभागिता रहेको छ ।  

खनाल–नेपाल पक्षको कार्यकर्ता भेला आजबाट ललितपुरको सानेपामा सुरु भएको छ । भेलामा नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ । एमालेमा अध्यक्ष केपी ओली र खनाल–नेपाल पक्ष बीचको विवाद उत्कर्षमा छ । ओलीको एकलौटी निर्णयपछि खनाल–नेपाल पक्षले समानान्तर गतिविधि अगाडि बढाएको छ ।

ओली पक्षले कार्यकर्ता भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिएपनि एमालेका संस्थापक नेता मध्येका केही नेता र कार्यकर्ता भेलामा सहभागी भएको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप