खनाल–नेपाल पक्षलाई कम्युनिस्ट आन्दोलनका अग्रजको साथ
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका अग्रज नेताहरुको सहभागिता रहेको छ । खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा कम्युनिस्ट आन्दोलनका अग्रज तथा एमालेका पुराना नेताहरु कमल कोइराला, मोहनचन्द्र अधिकार, केशवाणि पोखरेल, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, अमृत लाल बोहोरालगायतको सहभागिता रहेको छ ।
खनाल–नेपाल पक्षको कार्यकर्ता भेला आजबाट ललितपुरको सानेपामा सुरु भएको छ । भेलामा नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ । एमालेमा अध्यक्ष केपी ओली र खनाल–नेपाल पक्ष बीचको विवाद उत्कर्षमा छ । ओलीको एकलौटी निर्णयपछि खनाल–नेपाल पक्षले समानान्तर गतिविधि अगाडि बढाएको छ ।
ओली पक्षले कार्यकर्ता भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिएपनि एमालेका संस्थापक नेता मध्येका केही नेता र कार्यकर्ता भेलामा सहभागी भएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण