माछापुच्छ्रे बैङ्कद्वारा बाँकेमा एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा
माछापुच्छ्रे बैङ्कले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा सुरुवात गरेको छ । बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले एकैदिन नेपालगञ्जमा रहेको सनराइज यातायात, नेपालगञ्जकै न्युरोडमा रहेको हङकङ बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समितिअन्र्तगत सञ्चालनमा रहेका तरकारी तथा फलफूल पसलहरूमा क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित छुट्टाछुटै औपचारिक कार्यक्रम मार्फत नेपाल राष्ट्र बैङ्क, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले ति स्थानमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ्ग, धनगढी, बर्दिया रुटमा चल्ने सनराइज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्यूआर कोड प्रयोग गरि सिधै आफ्नो बैङ्क खाताबाट भुक्तानी गर्न सक्नेछन् भने नेपालगञ्जकै न्युरोडमा रहेको हङकङ बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य वस्तु जस्तै तरकारी, फलफूल तथा लत्ताकपडाहरुको रकम समेत क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण