सेयर बजारमा सुधार, ४ अर्ब ६६ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन (बिहिबार) सेयर बजारमा ४२.९५ अंकको बृद्धि भएको छ । आज ४ अर्ब ६६ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ट्रेडिङ बाहेक सबै समुहमा हरियाली छ । ट्रेडिङ समुह भने ३९.६ अंकले घटेको छ । जीवन बिमा तर्फ ४१५ अंकको बढोत्तरी छ भने निर्जीवन बिमा तर्फ १९१.०८ अंकको बढोत्तरी छ ।
बैंकिङ समूहतर्फ २६.११ अंक, होटल तथा टुरिजम ११२.८८, विकास बैंक २४.३७ अंक, जलविद्युत ३.१५, फाइनान्स १४.१५ अंक, उत्पादन तथा प्रशोधन १६२.१३ अंक, अन्य समुह ४१.१३ अंक, लघुवित्त समुह १०२.१३ अंक, म्युचुअल फण्ड ०.०६ अंक, इन्भेष्टमेन्ट समूहतर्फ १.३५ अंकले बढोत्तरी भएको छ ।
आज सबैभन्दा बढी ग्रीन लाइफ हाइड्रो पावरले कमाएको छ । यसको १० प्रतिशतले बढेको यसको सेयर मूल्य ३९६ प्रतिकित्ता पुगेको छ । युनाइटेड इदि मार्दी हाइड्रोपावरको पनि सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज कुल १ करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता सेयर किनबेच भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण