शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्री ज्यू, इतिहासमा तपाईको नाम कालो अक्षरले लेखिनेछ’: पम्फा भुसाल

शुक्रबार, ०६ चैत २०७७, १४ : ४३
शुक्रबार, ०६ चैत २०७७

काठमाडौं । माओवादी केन्द्रकी नेतृ एवं सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्माओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरिन् । 

उनले ३ वर्ष सरकार तथा पार्टी सञ्चालनका क्रममा प्रधानमन्त्री ओलीले गरेका कार्यहरु इतिहासमा कालो अक्षरले लेखिने बताउँदै प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाएको बताइन् ।  उनले हाम्रो जस्तो देशमा तीन तीन वर्षमा चुनाव हुनसक्छ भन्ने प्रश्न गर्दै उनले देशमा १८ लाख युवा बेरोजगार रहेको भन्दै उनीहरुलाई खान लाउन दिनुपर्दैन भन्दै प्रश्न गरिन् । 

उनले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको उल्लेख गर्दै कोभिड विरुद्ध मित्रराष्ट्रले सित्तैमा दिएको खोपपनि ल्याउन नसकेको भन्दै आलोचना गरिन् ।  उनले सरकारले संसदको कार्यव्यवस्था समितिमा कुनै एजेण्डा नदिने र संसद चल्न सकेन, प्रभावकारी भएन भन्दै उल्टै बाटोमा गएर सभामुखलाई गाली गर्न पाइन्छ भन्दै प्रश्न गरिन् ।

सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी विधेयक असंवैधानिक रहेकोले त्यसको विरोध गरेको तर एसिड आक्रमण विरुद्धको विधेयकमाथि कुनै पार्टीले पनि विरोध नगरेको स्पष्ट पारिन् । उनले विचाराधीन विधेयकहरुलाई अघि बढाउन पनि आग्रह गरिन् ।  उनले लोकतन्त्रलाई बलियो बनाउन, देशलाई अग्रगमनतिर लैजान नयाँ सरकार बनोस् भन्ने कामना समेत गरेकी छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप