‘प्रधानमन्त्री ज्यू, इतिहासमा तपाईको नाम कालो अक्षरले लेखिनेछ’: पम्फा भुसाल
काठमाडौं । माओवादी केन्द्रकी नेतृ एवं सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्माओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उल्लेख गरिन् ।
उनले ३ वर्ष सरकार तथा पार्टी सञ्चालनका क्रममा प्रधानमन्त्री ओलीले गरेका कार्यहरु इतिहासमा कालो अक्षरले लेखिने बताउँदै प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाएको बताइन् । उनले हाम्रो जस्तो देशमा तीन तीन वर्षमा चुनाव हुनसक्छ भन्ने प्रश्न गर्दै उनले देशमा १८ लाख युवा बेरोजगार रहेको भन्दै उनीहरुलाई खान लाउन दिनुपर्दैन भन्दै प्रश्न गरिन् ।
उनले सरकार जनताप्रति उत्तरदायी हुन नसकेको उल्लेख गर्दै कोभिड विरुद्ध मित्रराष्ट्रले सित्तैमा दिएको खोपपनि ल्याउन नसकेको भन्दै आलोचना गरिन् । उनले सरकारले संसदको कार्यव्यवस्था समितिमा कुनै एजेण्डा नदिने र संसद चल्न सकेन, प्रभावकारी भएन भन्दै उल्टै बाटोमा गएर सभामुखलाई गाली गर्न पाइन्छ भन्दै प्रश्न गरिन् ।
सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी विधेयक असंवैधानिक रहेकोले त्यसको विरोध गरेको तर एसिड आक्रमण विरुद्धको विधेयकमाथि कुनै पार्टीले पनि विरोध नगरेको स्पष्ट पारिन् । उनले विचाराधीन विधेयकहरुलाई अघि बढाउन पनि आग्रह गरिन् । उनले लोकतन्त्रलाई बलियो बनाउन, देशलाई अग्रगमनतिर लैजान नयाँ सरकार बनोस् भन्ने कामना समेत गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण