बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

किन आलियाको विवाह हुन दिँदैनन् महेश भट्ट ?

शनिबार, ०७ चैत २०७७, १० : २८
शनिबार, ०७ चैत २०७७

बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको विवाहको चर्चा पछिल्लो समय धेरै हुने गरेको छ । उनीहरुले कहिले विवाह गर्दैछन् भनेर धेरै चासो पनि लिने गरेका छन् । 

तर, एक अन्तरवार्तामा आलियाले आफ्ना पिता महेश भट्ट अहिले नै उनको विवाह गर्ने मनस्थितीमा नभएको बताएकी छन् । उनले पिताले आफूलाई छिट्टै टाढा बनाउन नचाहेको पनि बताएकी छन् । 

उनले भनिन्, “मेरो बुवालाई मेरो धेरै नै चिन्ता छ । उहाँको चाहाना त मेरो विवाह नै नहोस् भन्ने हो ।” उनले आफ्ना पिताले विवाहको कुरा गर्दा आफूलाई बाथरुममा बन्द गर्ने धम्की दिने गरेको पनि सुनाइन् । उनले भनिन्, “विवाहको कुरा गर्दा बुवाले मलाई बाथरुममा थुनिदिने धम्की दिनुहुन्छ । तर आफ्नो नजरबाट गराउन नचाहाने बताउँनुहुन्छ ।”

पिताले छोरी टाढा हुने डरले विवाह गर्न नदिएको आलियाले अगाडि खुलाइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप