बङ्गलादेशमामा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तिमा १२ जनाको मृत्यु, दर्जनौं घाइते
एजेन्सी । राजधानी ढाकाबाट १०१ किलोमिटर टाढा रहेको बङ्गलादेशको मध्य फरीदपुर जिल्लामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ ।
एक राजमार्ग प्रहरी अधिकारी मोहम्मद रसेलले घटनाबारे पुष्टि गर्दै भने, “फरीदपुरमा आइतवार बिहान दुई अलग ठाउँमा भएका दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।”
त्यसैगरी शनिबार दिउँसो ढाकाबाट उत्तरपश्चिमी क्षेत्रमा बोगुरा जिल्लामा दुईवटा बस उक अपसमा ठक्कर खाँदा कम्तिमा चार व्यक्तिको मृत्यु भएको थियो र १० जना घाइते भएको स्थानीय विपत् व्यवस्थापन सेवा तथा सुरक्षा कार्यालयका अधिकारी रतन हुसेनले बताए ।
बङ्गलादेशमा दुर्गम भूगोल कमजोर राजमार्ग सेवा,पूराना सवारी साधनको प्रयोग र चालकहरूले ट्राफिक नियमको उल्लंघन र ट्राफिक विभागको अनुगमनको अभावका कारण बर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । बङ्गलादेश विश्वमा सडक दुर्घटनाका कारण उच्च मृत्यु दर रहेको मुलुकमध्ये एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण