जसरी पनि नेपाललाई एक्लो बनाउने नीति
एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन बाध्य पार्ने नीति लिएका हुन् ।
नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि ओली पक्षले पनि भटाभट कारवाही गर्ने वा नेपाल समूहका नेतालाई एक्लाएक्लै भेटेर त्यस्ता कमिटीमा नबस्न आग्रह गर्ने, नमाने तर्साउने नीति लिएको छ । ‘हामीले नेपाल पक्षमा नजानुस्, जाँदा कारबाही हुन्छ, पार्टीको अनुशासन उल्लंघन हुन्छ, अनुशासनको कारबाही हुन्छ भनेर सम्झाएका छौँ,’ ओली निकट एक नेताले भने ।
उनले नेपाल समूहका सांसद र केन्द्रीय सदस्यसँग बेग्लाबेग्लै कुराकानी भइरहेको बताउँदै केही समयपछि नेपालमात्र एक्लै हुनेगरी नेता कार्यकर्ता ओली पक्षमा आउने दाबी गरे । शनिबार मात्रै ओलीले अब केही दिनमा नेपाल पक्षका धेरै नेता आफ्नो टिममा आउने दाबी गरेका थिए । केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले नेपालसँगै केही नेताको समेत राजनीतिक भविष्य अन्योलमा पर्ने दाबी गरेका थिए ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण