‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि घातक
काठमाडौँ । युट्युबमा हेरेर शरीरको तौल घटाउन युवापुस्ताले प्रयोग गर्ने गरेको ‘इन्टरमिटेन्ट फास्टिङ’ स्वास्थ्यका लागि ठीक नभएको विज्ञहरूले औँल्याएका छन् ।
पोषणविद् डा. अरुणा उप्रेतीले धार्मिक महत्त्वका दृष्टिकोणले परम्परागत रूपमा हप्ता वा महिनाको एक दिन व्रत बस्ने चलन रहेको बताउँदै भनिन्, “पहिले तौल घटाउन व्रत बस्दैनथे । आध्यात्मिक रूपमा बस्ने प्रचलन थियो तर खानपिनमा आएको परिवर्तनले मोटोपनको समस्या सिर्जना गरेपछिव्रत बस्ने चलन सुरु भएको पाइन्छ । ”
मध्यम र धनी वर्गले ‘इन्टरमिटेन्ट फास्टिङ’ गर्ने गरेको पाइन्छ । उनले गरिब वर्गले यसै पनि खाना कम खाने र शारीरिक अभ्यास धेरै गर्ने भएकाले यो व्रत अपनाउन आवश्यक नै नभएको बताइन् ।
उनका अनुसार यस्तो व्रत बस्नुअघि वा पछि कुनै पनि पोषणयुक्त खानेकुरा खानुपर्दछ भन्ने योजना बनाउनुपर्दैन । उनले भनिन्, “हामीले खाने सामान्य दाल, भात र तरकारी खाएर पनि यो व्रत बस्न सकिन्छ । विशेषज्ञको सल्लाहबेगर इन्टरमिटेन्ट फास्टिङ गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । ”
उनका अनुसार सबैलाई १६ घण्टाको उपवास अनिवार्य हुँदैन । शरीरको आवश्यकताअनुसार विशेषज्ञको सल्लाहमा व्रत बस्न सकिन्छ । ‘इन्टरमिटेन्ट फास्टिङ’ सबैका लागि वरदान नहुन सक्नेतर्फ सचेत गराउँदै डा. उप्रेतीले थपिन्, “तरिका मिलाएर यसको अभ्यास गरे फाइदा हुनसक्छ । यस्तो अभ्यास गर्दा यो सँगसँगै अन्य नियमित शारीरिक अभ्यास गर्ने, चिनीको सेवनलाई रोक्ने वा घटाउने, प्रशस्त ताजा फलफूल, सागसब्जी, गेडागुडी, दाल, रेसादार खाना, प्राकृतिक प्रोटिन, प्राकृतिक तेल आदि खाने गर्नुपर्छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण