टर्चको ब्याट्री बक्समा लुकाएर सुन तस्करी

काठमाडौं । टर्चको ब्याट्री बक्समा लुकाएर ल्याएको सुन प्रहरीले त्रिभुवन विमानस्थलबाट बरामद गरेको छ । धादिङको गजुरी गाउँपालिका घर भएका रमेश सापकोटाले दुवईबाट ४ सय ग्राम सुन ल्याएका थिए । सापकोटाले टर्चको ब्याट्री राख्ने ठाउँमा लुकाएर ल्याएको सुन महानगरीय अपराध महाशाखाको टोलीले बरामद गरेको हो । सापकोटा र सुन रिसिभ गर्न विमानस्थलमा गएका निर्दोषकुमार थिङलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
भन्सार पार गरेर पार्किङमा पुगेपछि प्रहरीले अवैध सुन ल्याएको सुराक पाएको थियो । निर्दोषकुमारको मोबाइलमा रमेश सापकोटाको फोटो देखेपछि प्रहरीले सापकोटालाई पक्रेको हो । लगेजमा भित्रको टर्चको ब्याट्रीको ठाउँमा ३ सय ५० ग्राम सुनको बिस्कुट र ५० ग्राम परिमाणको बाला फेला परेको थियो । एक्सरे मेशिन छल्न कारोबारीले सुनलाई सेतो बनाएर ल्याउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही