टर्चको ब्याट्री बक्समा लुकाएर सुन तस्करी
काठमाडौं । टर्चको ब्याट्री बक्समा लुकाएर ल्याएको सुन प्रहरीले त्रिभुवन विमानस्थलबाट बरामद गरेको छ । धादिङको गजुरी गाउँपालिका घर भएका रमेश सापकोटाले दुवईबाट ४ सय ग्राम सुन ल्याएका थिए । सापकोटाले टर्चको ब्याट्री राख्ने ठाउँमा लुकाएर ल्याएको सुन महानगरीय अपराध महाशाखाको टोलीले बरामद गरेको हो । सापकोटा र सुन रिसिभ गर्न विमानस्थलमा गएका निर्दोषकुमार थिङलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।

भन्सार पार गरेर पार्किङमा पुगेपछि प्रहरीले अवैध सुन ल्याएको सुराक पाएको थियो । निर्दोषकुमारको मोबाइलमा रमेश सापकोटाको फोटो देखेपछि प्रहरीले सापकोटालाई पक्रेको हो । लगेजमा भित्रको टर्चको ब्याट्रीको ठाउँमा ३ सय ५० ग्राम सुनको बिस्कुट र ५० ग्राम परिमाणको बाला फेला परेको थियो । एक्सरे मेशिन छल्न कारोबारीले सुनलाई सेतो बनाएर ल्याउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण