महाकाली नदीमा एकलौटी रुपमा तटबन्ध निर्माण गर्दैै भारत
सीमा नदीमा तटबन्ध बनाउँदा दुवै देशको सहमति लिनुपर्नेमा भारतले सहमतिबिनै तटबन्ध निर्माण गरिरहेको छ । भारतले गत पुसदेखि महाकाली नदीमा आफ्नोपट्टि बाँध निर्माण गरिरहेको हो ।
२०७० सालमा भारतले २ सय ८० मेगावाट विद्युत उत्पादन हुने धौलीगंगा बाँधको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव उच्च भइ नेपालतर्फका १ सय ४७ घर बगेका थिए । नेपालको १ हजार ५७ रोपनी जमिन बगेको थियो । उतिबेला नदीले धार परिवर्तन गर्दा नेपालको ३५ हेक्टर जमिन भारततर्फ गएको छ । अहिले भारतले उतिबेला बगरमा परिणत भएको जमिनमा तटबन्ध निर्माण गरिरहेको छ ।
आगामी दिनसमेत नदीमा पानीको बहाव बढेमा नेपालका गल्फै, नमस्कार, उकु, बाँकु, लाली, धामदत्तु लगायत गाउँबस्ती जोखिममा रहनेछन् भने हजारौँ हेक्टर उर्वर भूमि बग्ने निश्चित देखिन्छ । जबकि २०७० सालमा दार्चुलामा बाढी गएको बेला नेपालले तटबन्ध निर्माण गर्न दार्चुलाका सीडीओ र भारततर्फका जिल्ला अधिकारी (डीएम) का साथै प्राविधिक टिमसँग सहमति भएको थियो । त्यतिमात्रै नभइ नेपाल भारतको उच्चस्तरीय टोली ज्वाइन्ट स्टान्डिङ टेक्निकल कमिटीबीच समेत सहमति भएको थियो ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण